FAQs Complain Problems

समाचार

गोदावरी नगरपालिका प्रशासनिक भवन

Read More

गोदावरी पर्यटकीय स्थल -बनदेवी / हनुमान मुर्ति

Read More

गोदावरीधाम

Read More

नायल ताल

Read More

संक्षिप्त परिचय

सुदुर पश्चिम प्रदेशमा अवस्थित गोदावरी नगरपालिका कैलालि जिल्लाको मध्यपश्चिम भागमा अवस्थित रहेको छ । विगत २०७१ जेष्ठ ४ गते साविकको अत्तरिया, मालाखेति, श्रीपुर र गेटा गांउविकास समितिलाई मिलाई अत्तरिया नगरपालिकाको निर्माण गरिएको थियो । तथापि २०७३ फाल्गुन २८ गते प्रकाशित राजपत्रका आधारमा साविकको अत्तरिया नगरपालिकामा गोदावरी गांउ विकास समितिलाई समेत मिलाएको र साविक अत्तरिया नगरपालिकाको वार्ड नं. ९, १० र ११ लाई छोडी हालको गोदावरी नगरपालिकाको निर्माण गरिएको हो ।
गोदावरी एक धार्मिक महत्व वोकेको क्षेत्र मानिन्छ । यो क्षेत्र हिन्दुहरुको विश्वासको आधार रहेको पवित्र नदी गोदावरीवाट सिंचित रहेको छ । परापूर्व कालमा हिन्दु धर्मका प्रख्यात ऋषि गौतमले यसै क्षेत्रमा तपस्या गरि ज्ञान आर्जन गरेको साथै द्वापर यूगमा भगवान श्रीकृष्ण, भिष्मपितामहः तथा पांच पाण्डव जस्ता तपश्वीहरु समेत यस क्षेत्रको विचरण गरि यसै पवित्र गोदावरी नदीमा स्नान गरि ज्ञान समेत हासिल गरेको विश्वास गरिन्छ । जस्को संझना स्वरुप हरेक वर्ष यस क्षेत्रमा मकर सक्रांतिमा मेला समेत लाग्ने गरेको छ ।
गोदावरी नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र अत्तरिया वजार पूर्व पश्चिम राजमार्ग र ७ नम्वर प्रदेशको उत्तर दक्षिण भागलाई जोडने भिमदत्त राजमार्गको संगमस्थलमा अवस्थित रहेको छ भने यो नगरपालिका ७ नम्वर प्रदेशको विशेषगरि पहाडी जिल्लाहरुमा जाने स्थल मार्गको द्वारपनि मानिन्छ । चुरे पर्वत श्रृंखलाको काखमा रहेको यो नगरपालिका जिल्लाको सदरमुकाम धनगढी वजारवाट १५ कि.मि. उत्तर र नेपाल भारत सिमानावाट २५ कि.मि उत्तरमा अवस्थित छ । साथै नेपालको पश्चिमी सिमाना गड्ढाचौकि र दक्षिणी सिमाना गौरीफन्टा जाने मार्ग समेत यहि नगरपालिकाको केन्द्र अत्तरिया वजार हो, जो गोदावरी नगरपालिकाको प्रमुख सेवा केन्द्रको रुपमा समेत रहेको छ ।
२.१.१. भौगोलिक अवस्थिति तथा क्षेत्रफल
—    अक्षांस: २८˚ ८१’ उत्तरदेखी २८˚९२’ उत्तर सम्म  
—    देशान्तर: ८०˚ ५५’ पूर्वदेखी ८०˚८’ पूर्व सम्म
—    क्षेत्रफल :३०८.६३ वर्ग कि.मि.
—    हावापानी:उष्ण देखि समशितोष्ण सम्म

यस नगरपालिकाको उत्तरी भुभागमा डाँडाकाँडा रहेका छन भने दक्षिणी भागमा तराईको भुवनोट रहेको छ । हावापानीको हिसावले यस नगरपालिकाको फाँटमा उष्ण खालको हावापानी पाईन्छ भने अन्य भुभागमा समशितोष्ण खालको हावापानी रहेको छ । कृषि उत्पादनका हिसावले सवै खाले कृषिवालीको उत्पादन हुनुका साथै फलफुलका लागि पनि उत्तिकै उत्पादनमुलक तथा योग्य रहेको छ । वर्तमान समयमा शहरीकरणको चापले कृषिक्षेत्र आवासमा परिणत भै रहेको अवस्था छ । तथापी, विशिष्टिकृत रुपमा हेर्दा गोदावरी नगरपालिकाकामा यातायातको पूर्ण विकास भएको तथा दक्षिण तर्फ जिल्लाको सदरमुकाम धनगढी  र भारतिय सिमाना गौरिफन्टा  संग जोडिएको र पश्चिम क्षेत्रमा प्रमुख व्यापारिक सहर महेन्द्रनगर अवस्थित रहेको छ, जहांवाट पश्चिमी नाका समेत निकट दुरीमा रहेको छ । भौगोलिक वनावट अनुसार यस नगरपालिकालार्ई तीन भागमा विभाजन गर्न सकिन्छ ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

विरेन्द्र भट्ट
नगर प्रमुख
mayor@godawarimunkailali.gov.np
9851125072
शारदा देवी राेकाया
उप– प्रमुख
sharadarokaya1@gmail.com
9858427016

कर्मचारी

हरिदत्त भट्ट
cao@godawarimunkailali.gov.np
9858435111
शिवराज भाट
प्रशासन शाखा
sibu91@gmail.com
9848428191

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- स्थानीय पंजिकाधिकारी
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्व शुल्क ५०।–
आवश्यक कागजातहरुः-

१. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची ६ फाराम भरी पेश गर्नुपर्ने (बसाई सराई दर्ता प्रमाणपत्र सहित)
२. वसाई सराई गरी जानेको हकमा बसाई सराई दर्ता अनुसुची ६ फाराममा परीवारको बिवरण खुलाई पेश गर्नुपर्ने
३. बसाईसरि जानेको हकमा सरीजाने सबैको नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र प्रतिलिपि
४. आवश्यकता अनुसार जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि    

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- स्थानीय पंजिकाधिकारी
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्व शुल्क ५०।–
आवश्यक कागजातहरुः-

१. पति पत्नी दुवैले संयुक्त रूपमा सहिछाप गरेको विवाह दर्ता अनुसुची ४ फाराम
२. पति पत्नी अनिवार्य उपस्थित
३. पतिको नागरिकता अनिवार्य पेश गर्नुपर्ने (पत्नीको विवाह हुनु अगावै बनाएको भए पेश गर्नुपर्ने )
४. पत्नीले आफ्नो पिता वा अभिभावकको नागरिकता अनिवार्य पेश गर्नुपर्ने

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- स्थानीय पंजिकाधिकारी
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्व शुल्क ५०।–
आवश्यक कागजातहरुः-

१. सुचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसुची ३ फाराम कालो मसिले भरी पेश गर्नु पर्ने
२. मृतकको ना.प्र.पत्र
३. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
४. न.पा.रवडा बाहिरबाट आएको हकमा बसाइसाई दर्ता प्रमाणपत्र    

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- स्थानीय पंजिकाधिकारी
सेवा शुल्कः- ३५ दिनभित्र निःशुल्क त्यस पछि बिलम्व शुल्क ५०।–
आवश्यक कागजातहरुः-

१. सूचकले भरी पेश गरेको जन्मदर्ता अनुसुची २ फाराम कालो मसिले भरी पेश गर्नु पर्ने
२. नवजात शिशुको आमा र बाबुको सक्कल नागरिकता प्रमाण पत्र
३. अस्पताल मा जन्म भएकाको हकमा अस्पतालको जन्म प्रमाण सहित सुचक ( सुचक हुन सक्ने एकाघरका परिवार मध्येका कुनै सदस्य) को सक्कल नागरीकता
४. न.पा.रवडा बाहिरबाट आएको व्यक्तिको हकमा बसाइसराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि
५. आमा बुवाको विवाह दर्ता प्रमाणपत्र
६. सुचकको  नागरिकता प्रमाणपत्रको प्रतिलिपि   

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०।– (नेपाली भाषामा) २५०(अंग्रेजी भाषामा बैदेशिक प्रयोजनको लागी)
आवश्यक कागजातहरुः-

१. निवेदन
२. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति
३. नाम, थर आदि फरक परेको सम्बन्धित कागजपत्रहरुको प्रतिलिपि १।१ प्रति
४. रित पुर्बकको मुचुल्का एवं सिफारिस   

सेवा प्रकारः-
सेवा समयः- कागजात पुगेमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००।–
आवश्यक कागजातहरुः-

१. अनुसूची बमोजिम निवेदन फाराम
२. हराएको ना.प्र. पत्रको प्रतिलिपि वा किटानी मिति खुल्ने कागजात
३. ना.प्र. पत्र झुत्रो भएको, फोटो नबुझ्ने भएमा सोको सक्कल प्रति

सेवा प्रकारः-
सेवा समयः- कागजात पुगेमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००।– (वंशजको नाताले नागरिकता सिफारिस)
आवश्यक कागजातहरुः-

१. नेपाल राजपत्र भाग ३, अनुसूची १ नियम ३ को उपनियम २ सँग          सम्बन्धि विवरण भरेको फाराम १ प्रति
२. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति
३. निवेदकको पिता÷पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको         नागरीकता प्रमाण पत्र को प्रतिलिपि २ प्रति
४ विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
५. जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
६. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
७. अन्य स्थानीय तहबाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि २ प्रति
८. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
९. आवश्यकता अनुसार सर्जमिन मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन
१०. विवाहित महिलाको हकमा, निजको बाबु वा अन्य माइती तर्फको सम्बन्धित व्यक्तिको ना.प्र.प. को प्रतिलिपि २ प्रति

 

 

Pages

जानकारी